समाचार

दसैंमा आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका ३ जनाको मृ*त्यु, ४ घा’इते

काठमाडौं । दसैंमा विदेश बाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृ*त्यु भएको छ भने अन्य चार जना घा’इते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घ’टना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाट बाट चिसापानीतर्फ जाँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका -५ सोह्रखानीमा दुर्घ,टना हुँदा परी बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घट,नास्थलमै मृ*त्यु भएको छ ।

त्यस्तै दुर्घटनामा घा,इते हुनेहरुमा बृहस्पतिका पति २८ वर्षीय छत्रबहादुर राई, उनका ९ महिनाका छोरा दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई रहेको प्रहरीले जनाएको छ ।

घाइ’तेहरुको उद्धार गरेर अस्पताल भर्ना गरिएको छ ।

Related Articles

Back to top button
Close