समाचार

काठमाडौं को बानेश्वरमा आगोलागी …

राजधानी काठमाडौं महानगरपालिकाको मुटु मानिने बानेश्वर स्थित शंखमुल चोकमा रहेको एशियन पेन्टसको न्यूआरके ईन्टरप्राईजेज पसलमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण सामग्रीहरू समेत पूर्ण रुपमा जलेर करिब २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यो काठमाडौ महानगरपालिका वडा नं. –१० अन्र्तगत पर्दछ ।

यता भोजपुर, साल्पासिलिछो गाउँपालिका–५ पिचुङ्ला बस्ने भक्त बहादुर बिकको घरमा सोमबार आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर साथै घर पूर्णरुपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close