समाचार

प्रचण्डका पूर्व अंगरक्षक एसपी मल्लको अफिसमा मदिराका बोतलको खात, हेडक्वाटरले नछोड्ने !

भरतपुर– चितवनका एसपी दानबहादुर मल्ल फेरी विवादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको कार्यालय हाताभित्र रक्सीका दर्जनौ बोतलहरू भेटिएपछि उनी विवादमा तानिएका हुन् । न्युज २४ टेलिभिजनका पत्रकार केदार शर्मा र भण्डाफोर अभियानका सूर्य बराललाई रक्सीका बोतलहरूको फोटो खिचिरहेको अवस्थामा चितवन प्रहरीले आधा घण्टा नियन्त्रण लिएको बताइएको छ ।

चितवन प्रहरीले आफ्नो कार्यालय परिसरभित्रको जस्तोसुकै गतिविधि भए पनि अनुमति विना फोटो वा भिडियो खिच्न नपाइने भन्दै प्रहरीले पत्रकारद्वयलाई केहीबेर नियन्त्रणमा लिएको थियो । चितवन प्रहरीको क्यानटिनसँगै रहेको शौचालबाट फर्किने क्रममा यत्रतत्र छरिएको मदिराका बोत्तलहरू देखिएपछि पत्रकारहरूले फोटो खिच्न खोजेका थिए ।

राजनीतिक पावरमा चल्दै आएका एसपी मल्ल काठमाडौंस्थित दरवारमार्ग प्रहरीको प्रमुख छँदा गुण्डा नाइकेसँगको उठबसका कारण पनि विवादमा तानिएका थिए। मल्लकै कारण चितवनमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको समेत दिनप्रतिदिन बद्ननाम हुँदै आएको छ।

Related Articles

Close