समाचार

दसैंमा मामाघर गएर फर्किएकी १० वर्षीया रियाको गयो ज्या*न, १० जना घा’इते

काठमाडौं-रघुगंगा–६ पाखापानीदेखि बेनी जादै गरेको जीप बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घ’टना भएको छ । दुर्घ’टनामा परी एक जनाको ज्या’न गएको छ भने १० जना घा’इते भएका छन् ।

ज्या’न जानेमा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

मृ’तक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ जादै गरेकी थिइन् ।खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचन लगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

बेहोस अवस्थामा रहेका चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याललाई पोखरा लगिएको छ । जीप सडक देखि २५ मिटर तल कालीगण्डकी किनारमा खसेको थियो ।

साउदीमा थप २५ नेपालीलाई बहिर्गमन भिसा

दोहा- साउदी अरबमा गैरकानूनी रुपमा बसेका थप २५ जना नेपालीले एक्जिट (बहिर्गमन)भिसा पाएका छन् ।

साउदीस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले थप २५ नेपालीलाई बहिर्गमन भिसा दिएको हो । योसँगै साउदी सरकारले हालसम्म १ हजार १९० जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको जनाएको छ ।

साउदीका विभिन्न कम्पनी, प्रतिष्ठानहरूमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र (अकामा)नबनाएर तथा नवीकरण नगरेर स्वदेश फर्कन अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको दूतावासले जनाएको छ ।

Related Articles

Back to top button
Close