समाचार

पूर्वराष्ट्रपतिले महिनाको लाखौं सुविधा लिएर सुतेर बस्नुभन्दा बिरामी जाँचेर खाँदा हुन्न ?

विश्लेषक डा. अम्वरिश पोखरेलले पृथ्वीनारायण शाहमा सन्तानमा सबैभन्दा धेरै राष्ट्रभक्ति रहेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले यदि नेपाललाई कसैले भित्री मनदेखि माया गर्छ भने ती पृथ्वीनारायण शाहका सन्तान मात्रै हुन् भन्दै पूर्वराष्ट्रपतिको सुविधा मोहको आलोचना गरेका छन्।

डा. पोखरेलको टिप्पणी यस्तो छः

यदि नेपाल राष्ट्रलाई कसैले भित्री मनदेखि माया गर्छ भने, ती हुन् पृथ्वीनारायणका शाहका सन्तानहरू।

१. देखि हाल्नु भएको छ, पाँच वर्ष अगाडि राष्ट्रपतिबाट अवकाश लिएका डा. रामवरण यादवले अहिले पनि महिनाकै लाखौ रुपियाँ घर भाडाको नाममा सरकारसंग पैशा बुझ्ने गर्दछन् जबकि उनको आफ्नै घर छ काठमाण्डौमा।

२. उता राजा ज्ञानेन्द्र शाह, आफ्नो निजी निवासमा बस्छन । बिजुली पानीको बिल समेत आफै तिर्ने गर्छन्।

३. अझ राजा वीरेन्द्र शाहकी आमा, पुरानो दरबारको एउटा कुनामा अवस्थित एउटा सानो घरमा बसिरहेको कुरा सचेत नेपाली सबैलाई थाहा होला।

४. अमेरिकन राष्ट्रपतिहरु अवकाश पछि, निजी कम्पनीमा दैनिक जागीर खाने गरिरहेका छन् । कोही कलेज पढाउने गर्छन्।

५. तर डाक्टरी पेशा पढेका भनिएका भूपू राष्ट्रपति रामवरण यादव कौशीमा उत्तानो खुट्टा लगाएर सरकारी ढुकुटी लुटिरहेका छन् ! बिरामीको उपचार गरेर उनले आफ्नो बाकी जीवन निर्वाह किन गर्दैनन् ?

६. नेपालको संघीयता, गणतन्त्र तथा धर्म निरपेक्षता कायमै रहेसम्म, नेपालीको समृद्धि हासिल झन् हुँदैन । सबै कुरा खारेज गर्नु पर्ने आजको आवश्यकता हो।

७. कोई युगपुरुष अगाडि नआउँदा सम्म, लु’ट तंत्र चलिरहन्छ यहाँ । सयौ सेता हात्ती हरु उन्मत्त ऊपर खुट्टी लगाई रहन्छन्।
अस्तु।

Related Articles

Back to top button
Close