समाचार

कोरोना संक्रमणका कारण पत्रकार गोपाल सिवाको निधन

काठमाडौं । कोरोना संक्रमणका कारण पत्रकार गोपाल परियार ‘गाेपाल सिवा’को निधन भएको छ । काठमाडौँको पेस्पिकोला निवासी सिवा लामो समय बैदेशिक रोजगारको शिलशिलामा कुबेत बसेर आएका थिए । प्रवासमा बसेर पत्रकारिता गरिरहेका सिवा हाम्रो संचार डट्कममा ४ बर्ष प्रधान सम्पादक रहेका थिए । उनी नेपाल पत्रकार महासंघ कुवेत साखाका सहसचिव समेत हुन् ।

सिवाको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको कार्तिक १० गते टिकाको दिन बेलुका ११ बजे निधन भएको हो। सिवा आफैले केहि दिन अघि आफु र आफ्नी घर्म पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको स्टाटस फेसबुकमा लेखेका थिए ।

पत्रकार सिवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए- “नमस्कार, हिजो गरिएको पिसिआर जाँचको आधारमा हामी दुई श्रीमान श्रीमतीमा कोभिड-१९ पोजिटिभ भएको रिपोर्ट आएको छ । यो बिचमा मसँग सम्पर्कमा आउनुभएका सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहुन अनुरोध गर्दछु । सुरक्षित रहनुहोला सबैजना, धन्यवाद”

यस्तै पछिल्लो पटक थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

Related Articles

Back to top button
Close