समाचार

मीन विश्वकर्माको स्वास्थ्य अवस्था अझ जटिल

काठमाडौं, १६ भदौ । पूर्बमन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि दिल्ली लैजान माग उठेको छ ।

कोरोना संक्रमणबाट अवस्था अति जटिल अवस्थामा रहेका नेता विश्वकर्माको हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई हिजोबाट नै भेन्टिलेटरमा राखेर उपचार गरिदै आएकोमा स्वास्थ्यमा कतिपनि सुधार नआएको नेपाली काँग्रेसले जनाएको छ ।

उहाँको फोक्सोमा धेरै खराबी आइसकेकाले स्वास्थ्यमा सुधार हुन धेरै समय लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । कांग्रेस सचेतक बालकृष्ण खाँड र संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई टेलिफोन गरी विश्वकर्मालाई थप उपचारका लागि दिल्ली लैजान माग गरिरहेका छन् ।

केही दिनअघि बीर अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा नेता विश्वकर्माको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

Related Articles

Back to top button
Close