समाचार

पुनः पार्टी फुटाउन सहज हुनेगरी ओलीले अध्यादेश ल्याउदै ओली

काठमाडौँ- नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ। आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारको भेलामा उक्त विषयमासमेत चर्चा भएको पार्टी स्रोतले दाबी गरेको छ।

स्रोतले भन्यो, ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।’ ओलीले गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप लिएको थियो।

यसअघि हिजोमात्रै अध्यक्षद्धय ओली र दाहालबीच बालुवाटारमा करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दाहालले यसरी पार्टी चल्न नसक्ने भन्दै अहिले उत्पन्न भएको पार्टीभित्रको परिस्थितिको बारेमा तत्काल सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

मन्त्रिमण्डल पूनर्गठन हुँदै कर्णाली विवाददेखि पर्सा काण्ड र रअ प्रमुखसँग ओलीले गरेको शिष्टाचार भेटको विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएको छ । ओली र दाहालबीच हिजो १२ दिनपछि मात्रै सम्वाद भएको थियो । दाहाललाई पटक पटक बालुवाटार आउन आग्रह गर्दापनि उनी गएका थिएनन् । यो बीचमा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए । उक्त भेटमा नेता नेपाललाई मिलेर जान ओलीको प्रस्ताव थियो ।

यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको छ : महासचिव पौडेल

आज अपरान्हमात्रै महासचिव विष्णु पौडेलले पार्टी एकता यतिवेला गम्भीर संकटको मोडमा आईपुगेको भन्दै एकता जोगाउनको लागि नेता तथा कार्यकर्ताहरुसमक्ष अपिल गरेका थिए । महासचिव पौडेलको उक्त भनाई सार्वजनिक भएसँगै नेकपा फुटको संघारमा पुगेको अड्कल गर्न सकिन्छ । यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर नेताहरुको छुट्टै भेला भैरहेको छ भने दाहाल निवास खुमलटारमा दाहालसहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएको स्रोतको दाबी छ । दुवै पक्ष यतिवेला आन्तरिक रणनीति बनाउन व्यस्त रहेको बुझिएको छ ।

Related Articles

Back to top button
Close