समाचार

रोगवाट बच्न वातावरण जोगाउनु पर्छ भन्ने अभियन्ता डाक्टर धमलाको हृदयघा’तवाट निधन

काठमाडौ । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक तथा वातावरणविद् डा मन कुमार धमलाको निधन भएको छ । उनको ह्दय घा’तका कारण निधन भएको हो । नेपालको वातावरणका विषयमा उनको महत्वपूर्ण भूमिका छ । आयरल्यान्डमा लामो समय बसेका उनी वातावरण क्षेत्रमा अध्ययन गरेर नेपाल फर्किएका थिए ।

उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आयरल्यान्ड मा महासचिब पदमा रही लामो समय काम गरेका थिए । उनका साथी राजन काफ्लेले निधनको पुष्टि गर्दै नेपालको वातावरणको क्षेत्रमा ठूलो क्षती पुगेको बताएका छन् । विश्व वातावरण दिवसको दिनमा उनले केही मिडियामा दिएको अन्तरवार्ताका क्रममा उनले नेपालको शहरी क्षेत्र प्रदुशित हुँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।

शहरी क्षेत्रमा वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उनले शहरी क्षेत्रमा बढ्दै गएको प्रदुषणको कारणले नसर्ने रोगहरु वढिरहेको भन्दै उनले सबैलाई सचेत गराएका उपप्राध्यापकको हृदय घा’तकै कारण निधन भएको छ ।

हृदय घा’त पनि नसर्ने रोग मध्य प्रमुख एक हो । मानव जिवनलाई बाँचुञ्जेल स्वास्थय राख्न वातावरणीय सुद्धता महत्व हुन्छ भन्ने अभियान चलाएका अभियन्ताको दुखद् निधनले मुलुकले पनि अपुरणीय क्षती पुगेको छ ।

Related Articles

Back to top button
Close