समाचार

दूई दाजुभाईको मृत्यु प्रकरणमा २ महिना अघि बिवाह भएकी श्रीमतीलाई किन लगाईयो दोष ?

कावासोती । नवलपरासी घटनामा श्रीमान गु’माएकी विजयबाबु पौडेलकी श्रीमतीलाई सामाजिक सञ्जालमा धेरैले नाना थरीका गा ‘ली गरेपछि उनलाई त्यसो नगर्न उनका आफन्तले सुझाव दिएका छन् । एक मिडियामा विजयबाबुका बहीनी ज्वाईले दिदीलाई कसैले पनि यस्तो काम नर्गन र नराम्रो कमेन्ट नलेखिदिन आग्रह गरेका छन् ।

उनको भनाईमा विजयबाबुकी श्रीमती निकै नै सोझी र अपरिपक्क उमेरकी हुन् । त्यसो भएको हुनाले उनले विजयबाबु की श्रीमती (दिदी) ले मिडियामा दिएको अभिव्यक्तिलाई गलत तरिकाले नलिन आग्रह गरेका छन् । उनले भनेका छन्,‘उहाँको निकै नै सोझी हुनु हुन्छ । उमेरले पनि अपरिपक्क भएको हुनाले हुन सक्छ उहाँलाई मिडियामा कसरी बोल्ने भन्ने थाहा नभएको । त्यसैको आधारमा उहाँको छवीलाई मूल्यांकन गरेर नराम्रो प्रतिकृयाहरु धेरै नै आईरहेका छन् । कृपया त्यसो नगरिदिनु होला ।’

उनी भन्छन्,‘पर्नु पीर हामीलाई परिसकेको छ । यस्को कुनै मलहम छैन निको पार्नलाई । अब उहाँहरु केही गरी फर्किएर आउनु हुँदैन । किन ब्यर्थैमा दाईको श्रीमतीलाई अ पमान गर्दै गा ‘ली गर्ने ? र नानाथरीका नराम्रा कमेन्ट गर्ने । प्लिज रोकिदिनुस् र सक्नु हुन्छ भने हाम्रो दुःखमा सहभागी भईदिनुुस् ।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृत वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

घटनामा परिवारका सदस्यले सीसीटीभी पनि हेरेका छन् । केही परसम्म दुई दाजुभाई हात समातेरै हिडेको देखेको बुवाले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’ता वस्थामा फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

ठुलो छोरा केही समय अघि डिप्रेशनमा गएका थिए । उनले डिप्रेशनको पनि औषधि खाने गरेका बुवाले बताएका छन् । डाक्टर बन्न चाहेका थिए छोराले तर छोराको चाहना पैसाको अभावका कारण पुरा गर्न नसकेको बुवाको भनाई छ । उनलाई राँचि पनि लगिएको थियो । दुई महिनामा छोरा निको भएको बुवाको भनाई छ । तर उनले औषधि भने खाइरहेका थिए ।

घरमा हुँदा उनले आफुले खाने गरेको औषधि पनि सोधेर मात्र खाने गरेका थिए । सबै कुरा सोधेर गर्ने गरेका छोरा त्यती टाढा किन र कसरी गए भन्ने कुरामा भने बुवालाई शंका छ । कान्छो छोरा बाहिर पनि नजाने स्वभावको थियो, बुवा भन्छन्, जेठो छोरा पनि पुरै निको भएको थियो ।

जेठो छोराको प्रेम विवाह भएको बुवाको भनाई छ । बुहारी विवाह भएको दुई महिना नहुँदै एक्लिएपछि परिवारमा त्यो चिन्ता पनि थपिएको छ । वुहारीको परिवारलाई पनि छोराले औषधि खाने गरेको बारेमा जानकारी दिएको बुवाको भनाई छ । बुहारी र उनको परिवारको राजिखुसीमै विवाह गरिदिएको उनको भनाई छ । ६ महिना अघि मात्र यो घरवाट अर्को शव पनि उठेको थियो । दुई युवाको हजुरवुवाको असारमा निधन भएको थियो । उनले यो अभिव्यक्ति एउटा च्यानलमार्फत दिएका थिए उक्त भिडियो अहिले हटाइएको छ ।

विहान घरमा परिवारसँगै खाना खाएर करिव साढे १० वजे घरबाट निस्केका उनिहरु हालसम्म पनि सम्पर्कमा नआएको आमा टेकमाया शर्माले जानकारी दीइन । दाजुु विजय एसपीएम कलेजमा स्नातकतह तेस्रो वर्षमा अध्ययनरत छन भने भाई संगम सप्तगण्डकी बहुमुखी कलेज भरतपुरमा स्नातकतह प्रथम वर्षमा अध्ययनरत रहेको परिवारले जनाएको छ ।

यिनै छोराहरुको लागि हामी गाउँ छोडेर यहाँ आएको भन्दै आमाले धरधरी रुँदै भनिन्, छोराहरुलाई दुख के हो थाहा थिएन । हराए पनि हामीले तुरुन्तै प्रहरीलाई खबर गर्न सकेनौ कारण फेरी ठुला भएका छोराहरुले यति छिटै किन रिपोर्ट गरेको हो भनेर भन्लान भन्ने पिरले ढिलो खबर गरेको आमाले रुँदै बताएकी छन् ।

बिवाह गरेको २ महिनामै श्रीमानको मृत्युको खबरले श्रीमती पनि एकदमै पिडामा छन् । श्रीमतीले हामी बीच कुनै झैँ झ-गडा नभएको बताएकी छन् । कहिल्यै धेरै लामो समय सम्म घर बाहिर समेत नजाने दुई दाजुभाईको शव संगै फेला परेका हुन् । दाजु विजयको डेढ महिना अघि मात्र विवाह भएको थियो ।

घटनास्थलमा प्रहरीले दुई दाजुभाइको शव फेला पारेको भएपछि घटनास्थलमा ३ वटा कट्टु फेला परेपछि घटना रहस्यमय भन्दै परिवारका सदस्यले शुष्म अनुसन्धानको माग गरेका छन् । युवकका बुवाले पनि घटनास्थलमा फेला परेको एउटा कट्टु आफ्नो छोराहरुको नभएको बताएका छन् ।

निकै अप्ठेरो ठाउँमा रहेको पोखरीमा दुई जना मात्र जान नसक्ने भन्दै उनीहरुको ज्या’न लि’इ’एको हुनसक्ने आशंका परिवारको छ । घटनास्थलको अवस्था र छोराहरुको स्वभावलाई लिएर परिवारले घटनास्थल रहस्यम भनेका छन् । परिवारका सदस्यको चाहना अनुसार पोष्टमार्टम पनि दुई पटक गरिने भएको छ । कतिपय घटनामा पोष्टमार्टम रिपोर्ट सहि नआएको उदाहरुण आफुहरुले देखेका कारण दोस्रो पटक पनि पोष्टमार्टम गर्न आग्रह गरिएको बुवाले बताएका छन् । पोष्टमार्टम पछि विजय र संगमको शव घरको आगनबाट उठाएर अन्तिम संस्कारको लागि लाँदै गर्दा सिंगो गाउँ सोकमा डुबेको थियो भने त्यहाँ भेला भएका आफन्त र गाउँलेको आँखामा आशु देख्न सकिन्थ्यो ।

Related Articles

Back to top button
Close