समाचार

कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको ज्यान गयो

काठमाडौं – रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ मा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० वर्षीय टेकबहादुर परियार र उनका छोरा ३० वर्षीय सन्तोष परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका वडा न। ६ कलौनी शान्तिटोलमा लु २ च ८५२९ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार टेकबहादुर र सन्तोषको मृत्यु भएको हो । दुवै बुवाछोरा हुन् । सुरेश इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान हुन् ।

कार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close