समाचार

संसद पुनस्थापना त होस्, विघटन गर्नेहरुको हिसाबकिताब हुन्छ: झाक्री

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले संसद पुनस्थापना भएपछि संसद विघटन गर्नेहरुको हिसाबकिताब गर्ने बताएकी छिन्। सोमबार चितवनको भरतपुरमा आयोजित प्रचण्ड–नेपाल समूहको नगर स्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विघटनकर्ताहरुको हिसाबकिताब गर्ने बताएकी हुन्।

नेतृ झाक्रीले भनिन्, ‘केपी कमरेड तपाइँको राजनीति रसातलमा पुग्यो। तपाइँसँग सेना, प्रहरी सबै छन् तर तपाइँ कानुन मान्नु हुन्न। हामी मान्छौँ। सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई। राजालाई त लखेट्यौँ, संसद पुनस्थापना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ।’

झाक्रीले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै देश कमेडीले नभई सोचले बन्ने बताइन। उनले थपिन, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ। सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन।’

झाक्रीले संसद विघटन संवैधानिक नभई कानुनी प्रश्न भएको भन्दै अदालतको फूल बेञ्चले हेर्नु पर्ने तर्क प्रस्तुत गरेकी छन्। उनको यो तर्कलाई महत्वको साथ हेरिएको छ। उनले भनिन्, ‘संसद विघटन जघन्य राजनीतिक अपराध हो। संविधानले यो अधिकारै दिँदैन। संसद विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ। संसद विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो। सर्वोच्चको फूल बेन्चमा यसलाई हेर्नु पर्छ।’

Related Articles

Back to top button
Close