रोचक

अम्बाका दुईवटा पात उमालेर बेसरी गार्गल गरौँ, कोरोना चट : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्याक्सिनले कोराना भाइरसबाट हन्ड्रेड प्रसेन्ट सुरक्षित नहुने भन्दै घरेलु उपचारमा ध्यान दिन सुझाव दिनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भारतमा कोरोना संक्रमण बढेकाले नेपालमा पनि सतर्क हुन आग्रह गर्नु भएको छ ।

उहाँले कोरोनाबाट बच्न पानीको वाफ लिने, तातोपानीमा नुन हालेर उमालेको पानीले घाँटी कुल्ला गर्न सकिने साथै उहाँले अम्बाको पात उसिनेर बेस्सरी गर्लान गरे कोरोना भाइरस चट हुने दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस पहिले गएर नाकमा बस्ने हुनाले तातोपानीले नस लिँदै नाक स्याँकस्याँक गरे कोरोना भाइरसबाट बच्न सकिने बताउनु भयो ।

Related Articles

Back to top button
Close