समाचार

‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पुगिन बौद्ध प्रहरी चौकीमा

काठमाडौं, २५ कात्तिक । ‘अघोरी बाबा’ भनेर चिनिने विजय केसीसँग हालसालै बिहे गरेकी शारदा पाण्डे प्रहरी सम्पर्कमा पुगेकी छिन् । चितवनकी बिन्दु न्यौपानेले ठगी गरेको जा हेरी दिएपछि प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको हो ।

महानगरीय प्रहरी बृत्त बौद्धमा पाण्डे सोमबार पुगेकी हुन् । पूर्वपति गोविन्द अधिकारीसँग बिहे गराउँदा भएको सम्झौता कार्यान्वयन नभएपछि न्यौपानेले पाण्डेविरुद्ध उ जुरी गरेकी थिइन् ।

प्रहरीका अनुसार ती युवतीलाई अमेरिका पठाउने भनी आफ्ना पूर्वपतिसँग पाण्डेले बिहे गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती युवतीले प्रहरीमा उ जुरी दिएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेश सिंहले बताए ।

सोही उजुरमाथि छानबिन गर्न पाण्डेलाई बृत्तमा बोलाइएको र दुबै पक्षबीच छलफल चलिरहेको सिंहले बताए ।

Related Articles

Close