समाचार

भारतले मिचेको भूमि फिर्ता नलिए प्रधानमन्त्री ओलीलाई जनताले बाकी राखदैनन् : मैनाली

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले भारत सरकारबाट नेपाली भूमि फिर्ता नलिए प्रधानमन्त्री केपी ओलीलाई नेपाली जनताले माफी नदिने बताएका छन् ।

महासचिव मैनालीले कालापानीलगायतका नेपाली भूमि भारतले मिचेको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै ती समस्या समाधान गर्न प्रधानमन्त्री ओलीलाई ग’म्भीर भएर लाग्न पनि आग्रह गरे ।

भारतले सीमा मिचेको बिरोधमा आइतबार पार्टीले काठमाडौंमा आयोजना गरेको विरोध प्रर्दशनमा बोल्दै उनले दुई मुलुकबीचको सीमा स’मस्या स’माधान अब पनि नगरे नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारलाई पनि अ’स्वीकार गर्ने बताए ।

महासचिव मैनालीले विज्ञहरुले पटक पटक दिएको सुझावलाई ध्यानमा राखेर सरकारले भारतसँगको सीमा स’मस्या स’माधान गर्नुपर्ने स्पष्ट पारे ।

काठमाडौंको प्रर्दशनीमार्गबाट सुरु भएको वि’रोध प्र’र्दशन पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

Related Articles

Close