समाचार

यातायातमन्त्री महासेठकै गाडी कारवाहीमा, नियम मिचेकाे भन्दै ट्राफिक प्रहरीले लगायो ह्वील लक

काठमाडौं / काठमाडौंको नयाँ बानेश्वरमा ट्राफिक नियम मिचेको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मन्त्रीको बा २ झ ४८६२ नम्बरको झण्डावाल गाडीले ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले ह्वील लक लगाएर कार्वाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी मशाशाखाका प्रमुख एसएसपी बशन्त पन्तले मन्त्रीका चालक शीवराम थापालाई कारवाही गरेको बताए । तर उक्त समयमा मन्त्री भने गाडीमा नरहेको प्रहरीले जनाएको छ ।

जथाभावी पार्किङ गरेकोमा चालकलाई एक हजार जरिवाना गर्ने व्यवस्था रहेको एसएसपी पन्तको भनाई छ । घटनासँगै नियम विपरित यातायात साधन पार्किङ गर्ने र नियम नमान्नेहरु जोकोही भएपनि ट्राफिक प्रहरीले नछाड्ने नीति लिएको पन्तले प्रष्ट पारे । सर्वसाधरणले ट्राफिक प्रहरीको यस्तो कदमको खुलेर प्रशंसा गरेका छन् ।

Related Articles

Close