समाचार

जब आफूले जितेको स्वर्ण उनले बुवालाई पहिर्‍याइदिइन्

करातेकी सुनिता महर्जनले मंगलबार स्वर्ण जितेपछि आफ्ना बुवालाई अगाँलो हालेर रोइन्। बुवा नाती महर्जनको पनि आँखा रसाए।

सुनितालाई बुवाले खेल हेर्न आउन भ्याउँदिन भनेका थिए। तर जब उनी स्वर्ण जितेर तल झरिन्, दुई दाइसँगै बुवालाई पनि देखिन्।

यसरी नै बुवाले सुनिताको हरेक सफलतामा साथ दिँदै आए। मंगलबार पनि बुवा बिमारी आमालाई श्रीमतीको रेखदेखमा छोडेर छोरीको खेल हेर्न सातदोबाटोस्थित कराते कबर्ड हल आए।

सुनिताका बुवा मालीको काम गर्छन्। उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला देखि अन्य कोइराला परिवारको बगैंचा हेरचाह गर्दै आए।

मैले ६ वर्ष गिरिजाको निवासमा बगैंचा रेखदेखको काम गरेँ। पछि शशांक, सुजताको घरमा पनि काम गरेँ,’ नाति महर्जनले सेतोपाटीसँग भने।

काम गर्ने दौरान नातीको कहिलेकाहीँ गिरिजाप्रसादसँग भेट हुन्थ्यो। भेटमा गिरिजाप्रसादले उनलाई छोराछोरीको बारेमा सोध्थे।

‘उहाँले मलाई छोराछोरीलाई मिठाई किन्दिनु भनेर पैसा दिनुहुन्थ्यो। म त्यो पैसा छोरीलाई दिएर डाइट खान भन्थे,’ उनले स्मरण गरे।

सुनितालाई पनि बुवाले आफूलाई गिरिजाप्रसादको निवास लगेको याद छ

Related Articles

Close