समाचार

जीप दुर्घ’टनामा परि मृत्यु भएका १० जनाको सामुहिक अन्त्येष्टि, गाउँपालिकाले दियो शोक बिदा

बाग्लुङ। मंगलबार बाग्लुङको बडिगाड गाउँपालिका ७ अल्छीबाङ्ग जिप दुर्घटनामा मृत्यु भएका एउटै गाउँका १० जनाको सामुहिक दाहासंस्कार गरिएको छ । इस्मा गाउँपालिका ५ को हुलाके घाटमा बेलुकी नै दाहासंस्कार गरिएको हो । प्रदेश नं ५ का प्रदेश सभा सदस्य दिनेश पन्थी, तथा नेकपाका जिल्ला सचिव बीर बहादुर कार्की, नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला लगायतले दुर्घटनामा निधन भएका परिवारहरुको अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

दुर्घटनामा परि मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली दिनका लागि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार कुलपुजाको लागि हिडेका इस्मा गाउँपालिका ४ दोहली र ५ का १४ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिने शोक बिदा गर्ने निर्णय गरेको हो। गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बताए । ‘गाउँनै रित्तो हुने गरि भएको दुर्घटनाले अत्यन्तै स्तब्ध भएका छौ,’गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट बताउछन।उनले भने,‘ मृतक प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदा दिने निर्णय गरेका हौँ ।’

उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । अहिले बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परिक्षा मंसिर १९ र निमावि र माविको मंसिर २० गते संचालन गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।

Related Articles

Close