भिडियो

बैंकमा खाता खोल्दैमा सित्तैमा बिमा हुँदैन, भ्रममा नपरौंः बिमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईं (भिडियो अन्तर्वार्ता)

पछिल्लो समय नेपालमा बिमाको पहुँच २२ प्रतिशत पुगेको बिमा समितिले जनाएको छ । त्यस्तै ३ वर्षमा नेपालको बिमा क्षेत्रमा धेरै विकास भएको पनि देखिन्छ । बिमा कम्पनीहरुको पूँजी वृद्धि र नयाँ बिमा कम्पनीहरुको आगमनले विमाको पहुँच बढेको देखिन्छ । त्यस्तै बिमा समितिले पछिल्लो समय गाउँगाउँमा बिमा सेवा पु¥याउन घुम्ती सेवा सञ्चालन गर्ने अभियान नै चलाएको छ ।

त्यसबाहेक समितिले सबै निर्जीवन बिमा कम्पनीलाई जिल्ला तोकेर नै कृषि तथा पशुपछिं बिमा गराउन निर्देशन पनि दिएको छ । यिनै विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सि नेपाल (एनएएन)ले बिमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईंसँगगरिएको कुराकानी ।

नेपालमा पछिल्लो समय बिमा कम्पनीहरुको संख्या बढेर ४० वटा पुगेको छ । यो अर्थमा बिमाको व्यवसाय बढनुपर्ने तथा बिमा समितिको क्षमतामा पनि विकास हुनुपर्ने हो । अहिले बिमा क्षेत्रको अवस्था कस्तो छ ?

हामीसँग मान्छेको मात्र बिमा गर्ने जीवन बिमा कम्पनी १९ वटा, सम्पत्तीको मात्र बिमा गर्ने निर्जीवन बिमा कम्पनी २० र बिमा कम्पनीहरुले गरेको बिमाको पनि बिमा गर्ने पुर्नबिमा कम्पनी १ वटा गरेर जम्मा ४० वटा कम्पनी रहेका छन् । ४० वटा कम्पनी बिमा क्षेत्रमा आइसकेपछि पछिल्लो चरणमा बिमाको वृद्धिदर एकदमै राम्रो भएको छ । २÷३ वर्ष अगाडि सम्म नेपालमा बिमाको दायरा ५ प्रतिशत जनसंख्यामा मात्र थियो भने २०७६ मंसिर सम्ममा यो बढेर २२ प्रतिशत पुगेको छ ।

Related Articles

Close