समाचार

चितवनमा फेरि के भयाे यस्ताे, न श्रीमती न सम्पत्ति। विदेशबाट आएका श्रीमानकाे रुवा वासी ।

चितवनमा फेरि के भयाे यस्ताे, न श्रीमती न सम्पत्ति। विदेशबाट आएका श्रीमानकाे रुवा वासी ।

यो पनि हेर्नुहोस : भैरहवामा सीधा उडान म्यानमार सकारात्मक

भैरहवा : म्यानमारका पर्यटनमन्त्री अन मोङले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडानका लागि आफ्नो सरकार सकारात्मक रहेको बताउनुभएको छ । लुम्बिनी भ्रमणका लागि आउनुभएका मन्त्री मोङले बर्माको सरकार र त्यहाँका एयरलाइन्स गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि सीधा हवाई उडान गर्न तयार रहेको उहाँले बताउनुभयो ।लुम्बिनीमा श्रीलङ्कापछि सबैभन्दा बढी पर्यटक म्यानमार र थाइल्यान्डका आउने गर्छन् । लुम्बिनीसँग म्यानमार सरकारको प्रगाढ माया र स्नेह रहेको उल्लेख गर्दै मन्त्री अन मोङले सीधा उडानका लागि आफ्नो देश तयार रहेको बताउनुभयो ।

मन्त्री मोङसहितको टोलीलाई प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईलगायतले भैरहवा विमानस्थलमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा ओर्लेर सोझै बुद्ध जन्मस्थल लुम्बिनी पुग्नुभएका उहाँले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै विश्व शान्ति दीप, म्यानमार सरकारद्वारा निर्माण गरिएको मन्दिरलगायतका क्षेत्रको अवलोकन गर्नुभएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।त्यस क्रममा कोषका पदाधिकारीसँग पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ र कसरी बढीभन्दा बढी पर्यटक लुम्बिनीमा भिœयाउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो ।

नेपाल सरकारले भ्रमण वर्षका रूपमा मनाइरहेको सन् २०२० मा

Related Articles

Back to top button
Close