रोचक

सौतेनी आमासँग अ वैध सम्ब न्धपछि बाबुको ह त्या !

भोजपुर : छोराले सौतेनी आमासँग मिलेर बाबुको ह त्या गरेको खुलेको छ। भोजपुर नगरपालिका-११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राई र सौतेनी आमा ५६ वर्षीया कर्णशोभा राईले ८८ वर्षीय दलबहादुर राईको ह त्या गरेको खुलेको हो।

हरिबहादुरले कान्छी आमासँग मिलेर गत असोज २५ गते बाबु दलबहादुरको घाँटी थि ची ह त्या गरेको डिएसपी नरबहादुर सलामी मगरले जानकारी दिए। दलबहादुरको श व गत मंसिर १ गते आम्तेककै टारबारीस्थित सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो। शव शंका स्पद रुपमा भेटिएपछि अनु सन्धानका क्रममा प्रहरीले हरिबहादुर र कर्णशोभालाई प क्रा उ गरेको थियो।

आरोपित हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको श व डोकोमा हालेर फ्याँक्न लगाएको डिएसपी मगरले बताए। प्रहरी अनुसन्धानको क्रममा कान्छी आमा कर्णशोभासँग हरिबहादुरको अ वैध सम्बन्ध रहेको खुल्न आएको छ। ‘घटनाको प्रकृतिबाट सोधपुछ गर्ने क्रममा अभियुक्त आमा छोराबीच अ वैध सम्बन्ध रहेको पाइएको छ’, डिएसपी मगरले भने, ‘ह त्याको कारण अ वैध सम्बन्ध भएको खुल्न आएको छ।’

अभियुक्त हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्या न मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। त्यस्तै घ टनामा संलग्न विकद्वयलाई पनि कर्तव्य ज्या न मुद्दा अन्तर्गतको मतिहारको अभियोगमा पुर्पक्षका लागि राखिएको छ। कान्छी श्रीमती कर्णशोभासँग दसैंको टीका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन थिए।

Annapurna post बाट

Related Articles

Close