भिडियो

परदेशिको दोहोरी दुवईमा चल्यो , राजु परियार र कमलाको घम्साघम्सी दोहोरी ( भिडियो सहित )

सानै उमेरमा दोहोरी गायनको असाधारण क्षमताले चर्चित भएकी बाल कलाकार कमला घिमिरे यतिबेला दुबईमा छिन । धेरै पहिलेदेखि नै बिदेशमा कमलाको माग भैरहेको भएतापनी यतिबेला उनी आफ्नो स्कुलमा हिउँदे बिदाको मौका छोपी दुबई पुगेकी हुन । गत शुक्रबार मात्रै उनले दुबईको क्लब एभरेस्ट बुरमा आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुति दिइन् ।

उक्त कार्यक्रममा कमला संगै बरिस्ठ लोकदोहोरी गायक राजु परियार, हास्य कलाकार निरु खड्का (ठ्याँस् कुमारी ) लगायत अन्य स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । कार्यक्रममा राजु र कमलाले दोहोरीमा बाबु छोरी बनि परदेश पुगेका बाउका दुख र स्वदेशमा आमा खर्चालु भै पैसा सकेको कहानी गीतमार्फत सुनाए । जसलाई त्यहाँका दर्शकश्रोताले अति मन पराए । कमलाले दुबईमा अझै केही कार्यक्रममा प्रस्तुति दिई नेपाल फर्किनेछिन ।

Pramisha Chhetri कमलको दुबईको प्रस्तुति हेरे पछी यसो लेख्नु हुन्छ “कमला र राजु दाईकाे प्रस्तुति राम्रो छ,अायाेजक टिमले कमला संगै अमृत दाजुलाई पनि बाेलाउनु पर्ने थियाे ।र कमलाले पनि लाउदा म सगै अमृत दाजुलाई पनि बाेलाउनु भन्नू पर्ने थियाे।कमलाकाे बुबा जानुभकाे ठाउमा अमृत दाजु जानू भएको भए राम्रो हुने थियाे।कमला ,अमृत दाजु तिम्रो लागि भगवान समान हुनुहुन्छ ,सधै सम्मान गर।हेला गर।

सम्मान छ राजु दाइ प्रती,बधाई छ बहिनी कमलालाई बैदेशिक यात्राकाे बाटाे खुलेकाे छ।बहिनी पढाइ लाई पनि ध्यान देउ भन्छु है,राजुदाईले कमलालाई दिनु भएको बाचा पूरा गर्नु भयाे।राम्रो हुनु,राम्रोसँग घुमेर नेपाल फर्कनु ”

Related Articles

Close