समाचार

गायक निशान भट्टराईको कार दु र्घटनामा नि धन

२९ पुस, काठमाडौं । गायक निशान भट्टराईको सवारी दु र्घटनामा परी नि धन भएको छ ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठो क्किएर दुर्घ टना भएकाे थियाे । जसमा भट्टराई ग म्भीर घा इते भएका थिए । लगत्तै उनलाई उप चारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको नि धन भएको हो ।

संगीतकार मिलन मोक्ता नले दु र्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृ त घोषित गरेको अनलाइनखबरलाई जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

Related Articles

Close