बिज्ञान प्रबिधि

काठमाडौंमा राʼतभर वर्षाʼ, आज मौʼसम पूर्वानुʼमान महाशाखाले दियो यस्तो जानकारी…

काठमाडौं, माघ ३ । पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपʼत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेकाे छ।

मौसम पूर्वानुमान महाशाखाका मौसʼमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा त बिहीबार रातभर वर्षा भएको छ। आज बिʼहानसम्म वर्षा जारी नै छ।
‘कति मिलिमिटर वर्षा भयो भन्ने तथ्यांʼकचाहिँ केहीबेरपछि आउनेछ,।

मौसमविद् श्रेष्ठले शुक्रबार बिहान ६ बजे नेपालखबरसँग भने, ‘देशका अन्य स्थानमा पनि वर्षा कहाँ र कति भयो भन्नेबारे जानʼकारी पनि हामी केहीबेरपछि प्रकाʼशन गर्नेछौं।’

तैपनि देशका अधिकांश स्थानमा वर्षा भएको उनको अनुमान छ।

मौʼसम पूर्वानुʼमान महाशाखाका अनुसार आज पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिʼमपात हुने सम्भाʼवना छ।

महाशाʼखाले शुक्रबार बिहान प्रकाʼशन गरेको बुलेʼटिनमा भʼनिएको छ : पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिʼमपातको सम्भावना छ।-नेपाल खबर

Related Articles

Back to top button
Close