भिडियो

अन्जु पन्तसंग सम्बन्धबिच्छेद भएको लामोसमय पछि श्रीमती सहित पहिलोपटक मिडियामा मनोज राज,छोरीलाई भावुक हुँदै सरी भने (भिडियो)

रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् ।

विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भद्रगोल छ ।

थोरै कलाकारहरूको दाम्पत्य जीवन मात्रै उदाहरणीय बने पनि चल्तीका कलाकारहरूकै दाम्पत्य सम्बन्ध कसिला देखिएनन् । नेपालका धेरैजसो कलाकारहरू पारिवारिक समस्यामा छन् । आखिर किन यति सहजै भत्किन्छ नेपाली कलाकारहरूको सम्बन्ध रु तर्क आ–आफ्नै छन् ।

गायिका अन्जु पन्त र मनोज पनि विवाह गरेको करिब दश वर्षपछि एकअर्काबाट अलग भए । पतिसँगको लामो असहजताका कारण उनले डिभोर्स गरेको बताउँदै आएकी थिइन् । मनोजले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकेको उनको भनाई छ । डिभोर्स हुनुभन्दा अघि पनि मनोजले अञ्जुलाई अचेत अवस्था हुनेगरी पिटेका खबरहरू आएका थिए ।

मनोजले आफ्नो चरित्रमाथि सधैँ शंका गर्ने र झगडा गर्ने गरेको अञ्जुले बताएकी छिन् । हाल अन्जुको साथमा छोरी पनि छिन् । मनोजले भने अर्को विवाह गरिसकेका छन् । उनले आफ्नी नयाँ श्रीमतीलाई पनि गायिका बनाएका छन् । मनोजसँगको कुराकानीमा उनले अन्जुलाई त्यति धेरै घृणा भने गरेनन् । अन्जु नेपालकी राम्रो क्षमता भएकी गायिका भनेर खुसी दर्शाए ।

अहिले मनोजराज र उनकी श्रीमती पहिलोपटक मिडियामा आएका छन् जुन तलको भिडियोमा हेर्नुहोस

Related Articles

Back to top button
Close