समाचार

ओली सरकारले हेलिकोप्टरबाट एकै दिन दुई सुत्केरीको उ द्धार गर्यो

काठमाण्डौँ । बाजुरा जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धा र गरिएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उ द्धार गरिएको हो।

साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च र क्त श्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले बताए। चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उनको अ त्यधिक र क्त श्राव का कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो।

त्यसैगरी सिर्जनाको यही माघ १५ गतेदेखि लामो ब्यथा लागेको र पहिलो गर्भ वती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण उनलाई पनि हेलिकोप्टरमार्फत उ द्धार गरिएको गोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिए।

Related Articles

Back to top button
Close