अन्तर्राष्ट्रिय समाचार

श्रीमतीको टा`उको लिएर पुलिस थाना पुगेका श्रीमान‍्ले भने, ‘श्रीमतीलाई मा´रिदिएँ, मलाई प`क्रा´उ गर्नुहोस्’

उत्तर प्रदेशको बाराबंकी जिल्लाका एक व्यक्ति आफ्नी श्रीमतीको का,टिएको टाउको लिएर पूरा शहर घुमेपछि पुलिस थाना पुगेको भारतीय संचार माध्यमले बताएका छन् ।

आरो,पीको पहिचान अखिलेश रावतको रुपमा भएको छ ।

श्रीमतीको टाउको हातमा लिएर पुलिस थाना पुगेका व्यक्तिलाई देखेर सुरुमा पुलिससमेत आत्तिएको भारतीय संचार माध्यम भास्करले बताएको छ । स्रोतका अनुसार ती व्यक्तिले पुलिसलाई भने, ‘मैले श्रीमतीको ह,त्या गरिदिए साहब । मलाई प,क्रा,उ गर्नुहोस् ।’

पुलिसको उनको हातबाट टाउको लिन खोज्दा उनले भारतीय राष्ट्रगान र ‘भारत माता की जय’ को नारा लगाएको पुलिस अधिकारीले जानकारी दिए ।

मृ,तकका पिता गोबिन्दले दुई दिनअघि मात्रै ज्वाईंले आफ्नी छोरीलाई लगेको र उनको ह,त्या गरेको जानकारी दिए । उनले भने, ‘छोरीको तीन वर्षअघि विवाह भएको थियो । ६ महिना अघि उनीहरुको छोरी जन्मिएको थियो जसको उनीहरुले घाँटी थिचेर ह,त्या गरेका थिए ।’

छोरीलाई धेरै पटक तान्त्रिक भएठाउँ पुर्‍याइएको थियोः

गोबिन्दले भने, ‘ज्वाईंले सुनको सिक्री पाएका थिएनन् त्यसकारण उनी रिसाएका थिए । उनी पटक पटक सुनको सिक्री माग गरिरहेका थिए । तर जब उनले सुनको सिक्री पाएनन् तब छोरीको घाँटी नै का,टिदिए ।’

उनका ज्वाईं कुनै तान्त्रिकको चक्करमा भएको पनि गोविन्दले आरोप लगाएका छन् । छोरीलाई थुप्रै पटक तान्त्रिक भएठाउँ पुर्‍याइएको पनि उनले जानकारी दिए । उनले भने, ‘यो घटनामा सबैको मिलेमतो छ । यहाँ सम्म कि छिमेकी पनि यो घटनामा संलग्न छन् । त्यसैले त आज सबैजना ताल्चा ठोकेर फारार भएका छन् । ’

Related Articles

Back to top button
Close