समाचार

जापानमा एक नेपाली महिलाको निधन

टोकियो । जापानमा एक नेपाली महिलाको निधन भएको छ । बाग्लुङ जिल्ला वुर्तिवाङ घर भई टोकियोमा बसोबास गर्दै आउनुभएकी लालकुमारी चालिसे कुवँरको उपचारका क्रममा निधन भएको हो ।

४२ बर्षिय कुँवरको जापानको चोफु स्थित साकाइबारा हर्ट इन्टिच्युट हस्पिटलमा निधन भएको हो।

पारिवारिक श्रोतले दिएको जानकारी अनुसार वहाँको पहिलनै मुटुको भल्व फेरिएको र पुनः समस्या बल्झिएपछि यही फेब्रुअरी ४ तारिकमा हस्पिटलमा भर्ना गरिएको थियो । मुटुको शल्यक्रिया सफल हुन नसकेपछि उहाँको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

स्व. कुवरको अन्तिम श्रदान्जली सहितको अन्त्यस्टी आउँदो सोमबार दिउँसो २ः४० मा मेगुरो नजिकैको फुदोमायमा गरिने तय भएको छ । ४ बर्षअघि जापान आउनुभएकी कुवँरका श्रीमान हाल जापानमै हुनुहुन्छ ।

Source : nepali in japan

Related Articles

Back to top button
Close