समाचार

टिपरले फेरि लियो २ बिद्यार्थी को ज्या´न

विराटनगर। विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठ`क्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृ`त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठ`क्कर दिंँदा दुई जनाको म`त्यु तथा एक जना घा`इते भएका छन् ।

मृ`त्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन र सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव रहेको प्रहरीले जनाएको छ । तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठ`क्कर खाँदा उक्त दु`र्घटना भएको हो ।

ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन् । घा`इते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घ`टना गर्ने चालक र टिपरलाई प्रहरीले नि`यन्त्रणमा लिएको छ ।

Related Articles

Back to top button
Close