भिडियो

दाङ-काठमाडौँ रुटमा भित्रिए १ क रोड मूल्य पर्ने रात्रि बस, के-के छन् सुबिधा ? [भाडादरसहित]

फागुन २५, दाङ । तुलसीपुरस्थित अम्विकेश्वरी यातायात प्रालिले झन्डै एक करोड मुल्य बराबरका बसहरु भित्र्याएको छ ।

यति महंगो बसहरु जिल्लामा भित्र्एिको यो नै पहिलो पटक हो । प्रालिका सचिव घनश्याम बस्नेतले आइतवार प्रालिले अत्याधुनिक दुईवटा बस भित्र्याएको र दुईवटै बसको मुल्य झन्डै दुई करोड जति पर्न गएको जानकारी दिए । ‘एउटा बसको मुल्य ९० लाख जति परेको छ,’ बस्नेतले भने ‘यति महंगो बस हालसम्म जिल्लामा आएकै थिएन।’

बसमा नयाँ कुरा के छ ?

यो बसमा अरु बसमा जस्तो पट्टा छैन । त्यसको ठाउँमा सस्पेन्सर छ । त्यसले गर्दा खाल्डा खुल्डीमा कम उफार्छ ।

चोट पटक लाग्ने संभावना कम हुन्छ । अनि यात्रुले आरमदायी यात्रा गर्न पाउँछन् । बसमा हरेक यात्रुको लागि सिट बेल्टपनि छ । भित्र प्लेनको जस्तै यात्रुका लागि सामान राख्ने र्याक छ ।

बसमा यात्रु बस्ने सिटहरु अन्य बसको भन्दा सुविधा सम्पन्न छन् । मज्जाले फोल्डिन गर्न मिल्छ । हरेक सिटमा बल्याङकेट पनि राखिएको छ । एसी चलाउँदा कुनै यात्रुलाई जाडो/चिसो महसुश गरेमा ओड्न सक्छन् । यी बसमा अन्य एसी बसमा जस्तो झ्यालहरु खोल्न नमिन्ले अवस्था छैन । यात्रुले चाहेको समयमा झ्यालपनि खोल्न मिल्ने सुविधा छ ।

Related Articles

Back to top button
Close