समाचार

छोराछोरी बोर्डिङ पढाउनेलाई राहत नदिइने

तनहुँ – कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको तीन साता लामो लकडाउनका कारण विहान बेलुकाको छाक टार्न मुस्किल परेका मजदुर र विपन्न वर्गलाई देशभरका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्।

घाँटीमा सुनको बाला हातमा आईफोन लिएर राहात थाप्न जानेहरुको चर्चा चल्न थालेको छ यतिबेला । हुदाँ खानेलाई दिन लागिएको राहतमा हुने खानेहरुको पनि कु’दृष्टि’ परेकाले तनहुँको भानु नगरपालिकाले भने छोराछोरी बोर्डिङ पढाउने परिवारलाई राहत नदिने भएको छ।

यस्तै, वैदेशिक रोजगारीमा गएका र सामाजिक सुरक्षा लिदै आएका परिवारको पनि राहत नदिने निर्णय भएको छ। उनीहरुको आर्थिक अवस्था हेरेर राहात उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डेले बताए।

‘जस्ले पनि राहात माग्ने गरेकाले यस्तो निर्णय गरेका हौं। छोराछोरी बोर्डिङमा पढाउने, परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको, सामाजिक सुरक्षा लिदै आएको परिवार भएपनि लकडाउनको मारले घरमा चुल्हो बाल्ने अवस्था नभएका विपन्नलाई राहात दिइन्छ’, उनले भने।

Related Articles

Back to top button
Close