समाचार
विदेशबाट आएका मानिस लुकाए कडा कारबाही गर्ने ओली सरकारको चेतावनी
काठमाडौंं – सरकारले विदेशबाट आएका व्यक्तिलाई लुकाएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएका व्यक्ति लुकाउनेलाई नै कारबाही गर्ने चेतावनी दिएको हो ।
सरकारका प्रवक्ता एवं अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमाक्षेत्रबाट अनधिकृत रुपमा प्रवेश गर्ने र नेपालमा प्रवेश गरेर पनि स्थानीय प्रशासनलाई जानकारी नगराई लुकाएर राखेको पाइएमा कानुनबमोजिम कारवाही गरिने चेतावनी दिए ।
सरकारले वैशाख १५ सम्म लकडाउने बढाउने निर्णय गरेको छ । नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित भेटिएका छन् ।