समाचार
र्यापिड टेस्टमा पोजेटिभ देखिएका युवाकाे पिसिआर परीक्षणमा नेगेटिभ !
धादिङ्ग, ५ वैशाख । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ मा र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको युवाको पिसिआर परीक्षणमा नेगेटिभ देखिएकाे छ ।
२ सय ६७ जनाको र्यापिड टेस्ट गरेकोमा एक जना युवाको पोजेटिभ देखेको थियो । जिल्ला अस्पताल धादिङ्गले स्वाब परिक्षणको लागि काठमाडाैँ टेकु अस्पतालमा पठाएको थियो । टेकुकाे रिपाेर्टमा भने काेराेना संक्रमण नभएकाे देखाएकाे छ ।
केही समयमा ती युवालाइ डिस्चार्ज गर्ने तयरी भएको र पहिलो चरणमा परिवारको सदस्य र दोस्रो चरणमा स्थानीयको पनि र्यापिड टेस्ट गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. भुबन पौडेलले बताए ।
केही समयमा ती युवालाइ डिस्चार्ज गर्ने तयरी भएको र पहिलो चरणमा परिवारको सदस्य र दोस्रो चरणमा स्थानीयको पनि र्यापिड टेस्ट गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. भुबन पौडेलले बताए ।