समाचार

भारतका विभिन्न क्वा*रेन्टाइनमा बसेका नेपालीलाई ट्र*कमा ल्याएर सीमामा छो*डियो

मलंगवा : भारतका वि,भिन्न क्वारे*न्टाइनमा रहेका १ सय २३ जना नेपालीलाई भारतीय सु*रक्षाकर्मीले सीमा क्षेत्रमा ल्याएर छाडि*दिएका छन् । भारतीय सुर*क्षाकर्मीले ट्र*कमा हालेर ती नेपालीलाई भारतको कन्हौली नाकास्थित लखन्देही खोलामा ल्याएर बिहीबार राती छाडिदिएका छन् ।

सोनवर्षालगायत ३ ठाउँमा स्थापना गरिएको क्वा*रेन्टाइनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राती लखन्देही खोलाको बाटो देखाइदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिएका छन् ।

‘भारतका विभिन्न क्वारे*न्टाइनमा केही दिनदेखि राखिएकालाई बिनाजानकारी सीमा भारतीय सुरक्षाकर्मीले ल्याएर छोडिदिएका छन, प्रजिअ जिसीले भने, ‘अहिले उनीहरुलाई सीमा क्षेत्रमै राखेका छौं ।’ ‘उनीहरुमध्ये केहीलाई ज्व*रो आएको छ। त्यस्तालाई नेपालमा ल्याउने कुरा हुँदैन्। हामी सबैजनालाई उतै फर्काउनका लागि पहल गरिराखेका छौं,उनले भने,’भारतीय पक्षसँग कुराकानी हुँदैछ। ‘

१ सय २३ जनामध्ये हाल कन्हौली नाकामा ९१ जना रहेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज क्षेष्ठ जानकारी दिएका छन् । अरु लुकेर कतै बसेका छन् । खोलामा छाडिएका बिहानै कौडेना गाउँपालिका ३ मा आएको वडाध्यक्ष प्रभु चौधरीले जानकारी दिए। आफ्ना वडामा आएपछि आफूले प्रहरीलाई खबरका गरेका थियौं ।

प्रहरी आउँदा उनीहरु आ-आफ्नो घर जान पाएनन् । बिहानै लगभग ६५ देखि ६८ जना कौडेना बजारभन्दा पश्चिममा रहेको पेट्रोल पम्मसम्म आएको चौधरीले बताए । धेरै संख्यामा मानिस आएको देख्दा कहाँबाट आएको भनि सोधपुक्ष गर्दा आफूहरु भारतको क्वा*रेन्टाइनबाट आएको बताएका छन्। सबैजनालाई सु*रक्षाकर्मीले घेराहाली केही बेर रोकेका थिए । त्यसपछि फेरी उनीहरुलाई सीमा क्षेत्रतर्फ लगेका छन् ।

यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट छिरिसकेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वा*रेन्टाइनमा राखेका छन् ।

Related Articles

Back to top button
Close