समाचार

नेपालमा कोरोना संक्रमण फैलाउन केही समूह सक्रिय

काठमान्डौ , कोरोना संक्रमण फैलाउन नेपालमा केही समूह सक्रिय भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । शुक्रबार जनकपुरमा केही पैसाले पैसा फाल्दै हिडेको घटनाबाट यस्तो आशंका गरिएको छ ।कोरोना फैलाउन त्यसरी पैसा फालिएको आशंका प्रहरीको छ । तर, त्यो पैसा सर्वसाधरणले टिपेनन् बरु प्रहरीलाई खबर गरेका छन् ।

प्रहरीले पैसाको परीक्षण गरेर अनुसन्धान अघि बढाएको छ ।दुई महिलाले त्यसरी पैसा फालेको अनुसन्धानमा खुलेको छ । प्रहरीले महिलाको हुलिया सार्वजनिक गरी खोजी थालेको छ ।

कोरोना फैलाउन खाेजेकाे अाश‌कामा अनुसन्धान भइरहेकाे धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए ।यो घटनाबाट कुनै समूह नियोजित रुपमा नै कोरोना संक्रमणमा लागेको हुनसक्ने भएकाले सतर्क हुन देशभरीका प्रहरीलाई निर्देशन दिएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि यसबारे छुट्टै अनुसन्धान थालेको छ ।

उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई ¥यापिड टेष्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो । रासस

Related Articles

Back to top button
Close