समाचार

डा. शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न माग

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको चौतर्फी आ लोचना भइरहेका बेला पूर्व सचिव भीम उपाध्यायले डा. शेर वहादुर पुनलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न सुझाब दिनुभएको छ ।

भाइरस सम्बन्धी पिएचडी गर्नुभएका पुनलाई अबिलम्ब स्वास्थ्य मन्त्री नियुक्त गरेर कोरोनालाई परास्त गर्नुपर्ने उहाँको सुझाव छ । ‘मलाई सोध्नुहुन्छ भने स्वास्थ्य मन्त्रीमा भाइरस विद्यामा नेपालका एकमात्र पिएचडीधारी अनुभवी सुयोग्य सरूवा रोग चिकित्सक डा. शेरबहादुर पुनलाई अबिलम्ब नियुक्त गरेर कोरोना संक्रमणलाई परास्त गर्नुपर्छ। ’ पूर्व सचिव उपाध्यायले भन्नुभयो ।

उहाँले अहिलेको स्वास्थ्य मन्त्रालयको नेतृत्वले महामारीको रुपमा विश्वभर फैलिएको कोरोनाको संक्रमणलाई परास्त गर्न नसक्ने भन्दै नयाँ स्वास्थ्य मन्त्री नियुक्त गर्न अपरिहार्य भएको बताउनुभएको छ । ‘स्वास्थ्य मन्त्रालयका खाईदेउ गवॉरहरू बाली लाउन सक्षम छैनन्।’ उहाँको निष्कर्ष छ । टेकु अस्पमालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.पुनलाई जथाभावी मिडियामा बोलेको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टीकरणका लागि मन्त्रालय बोलाएपछि बर्तमान स्वास्थ्यमन्त्रीको व्यापक विरोध भएको थियो ।

तर पुनलाई स्पष्टीकरण सोध्ने र मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको अलोकप्रिय निर्णयका विरुद्ध व्यापक रुपमा विरोध भएपछि आइतबार स्वास्थ्य मन्त्रीले डा. पुनसँग फोटो खिचाउँदै अर्कै व्यहोराको विज्ञप्ति समेत निकाल्न लगाइएको छ । मन्त्रीले प्रतिरक्षा गर्नै नसक्नेगरि विरोध भएपछि उनलाई फरक खालको विज्ञप्ति जारी गर्न लगाइएको र मन्त्रालयले समेत पुनलाई कारवाही हैन पुरस्कृत गर्न बोलाईएको आशयको भनाई वाहिर ल्याएको स्रोतले बताएको छ ।

Related Articles

Back to top button
Close