भिडियो

आमाबाबु काममा भएको बेला १३ बर्षिया अमृताले गरिन देहत्याग (भिडियो)

आमा बाबुलाई सन्तानको माया कति हुन्छ त्यो सब्दमा बर्णन गर्न सकिंदैन । आमा बाबुको एउटा सपना हुन्छ, आफ्ना छोरा छोरी हुर्केर, बढेर, पढेर ठुलो मान्छे बन्नेछन् । आफ्नो बुढेसकालको लौरी बन्ने छन् । तर सबै आमा बाबुको सपना पुरा हुँदोरहेनछ । जिन्दगी सोंचे जसरी चल्दो रहेनछ । हो गुल्मीको एक परिवारमा यस्तै भएको छ । गुल्मीको चन्द्रकोट गाउँपालिका ३ सौराहा रुख हराचौतारामा ६ कक्षामा पढ्ने बर्ष १३ की अमृता नेपालीले देहत्याग गरेकी छन् ।

भाइ बहिनीलाई र घरको हेरचाह गर भनेर बाबु आमा काममा गएको बेला उनले देहत्यागगरेकी हुन् । आफ्नै घरको बाथरुममा झु-न्डि-एर देह त्याग गरेकी अमृता मिलनसार र एकदमै अनुशासित भएको छिमेकीहरु बताउँछन् । भर्खर ६ कक्षामा पढ्दै गरेकी १३ बर्षकी अमृताले घरमा आमालाई सहायोग गर्ने र आमाको दाइने हात भएर काम गरेको आमाले रुँदै बताउँछिन् ।

बिहान ९ बजे उठेकी उनी बाबा आमा काममा गएपछि बाथरुम गएको र बहिनीहरुले घटना थाहा पाएर हार गुहार गरेपछि, छिमेकीहरु आउँछन् । छिमेकी आउँदा उनको निधन भैसकेको नजिकका छिमेकीहरु बताउँछन् । छोरीले के कारणले यस्तो गरिन् थाहा नभएको मृ’तककी बाबु बताउँछन् । घटना घट्नुको पछाडी के हुन् सक्छ यसबारे पुरै गाउँलेहरु अचम्मित छन् ।

यो भन्दा पहिले घरमा कुनै बिबाद नभएको बताउँदै आफ्नो सबै भन्दा ज्ञानी सोझी छोरीले किन यस्तो गरी भनेर आश्चर्यमा परेको मृ’तककी आमाले भाबुक हुँदै सुनाइन् । घटना घटेको केही बेरमा छिमेकी संगै स्थानिय प्रहरी आएको थियो । घटना बारे अनुसन्धान भैरहेको र वास्तविकता केहो भन्ने बारे तत्कालै भन्न नसकिने प्रहरीले जनाएको छ । मृतकको लासलाई पोस्टमाटमको लागि लगिएको ।

Related Articles

Back to top button
Close