समाचार

उत्तर कोरियाली शासक किमको ब्रेन डेड, अहिले अस्पताल भर्ना !

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको मुटुमा गम्भिर समस्या उत्पन्न भएको छ । प्रकाशित समाचार अनुसार यसै महिनाको सुरुमा उनको मुटुको शल्यक्रियाकोमा अझै उपचार जारी रहेको जनाएको छ। दैनिक धुम्रपान, मोटोपन र अधिक कामका कारण किमको स्वास्थ्य केही महिना यता बिग्रिएको उत्तर कोरियाको एक वेभसाइट डेली एनकेले जनाएको छ।

विश्वकै सबैभन्दा रहस्यमय देश मध्यको एक उत्तर कोरियाका शासक किम जोंग उन हालैका दिनमा एक विला भित्र बनेको अस्पतालमा जिन्दगी र मृ’त्युसँग लडिरहेका छन् । केही सन्चार माध्यमले किम जोंग उनको बे्रन डेड भइसकेको जनाएका छन् ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा किम उपस्थित नभएपछि उनको स्वास्थ्यलाई लिएर यस्तो अनुमान गरिएको थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । किमको अत्यन्त खराब स्थितिका कारण उनको स्थानमा कसले उत्तर कोरियाको बागडोर सम्हाल्छ भन्न अनुमानले तिब्रता लिइरहेको छ । यसमा सबैभन्दा चर्चामा आएको नाम उनकी बहिनी किम यो जोंग हुन् ।

उत्तर कोरियाली नेताको खराब स्थितिको संकेत त्यति बेला आएका थियो जब केही दिन अगाडी किम जोंग उनकी शक्तिशाली बहिनी किम यो जाेंगलाई निर्णय लिन सक्ने प्रमुख निकायमा पुन नियुक्त गरिएको थियो । त्यसपछि विश्वबाट एक्लिएको यस राष्ट्रमा किम यो जोंगको उचाइ बढेको त्यहाँको सरकारी सन्चार माध्यमले आइतबार दिएको थियो ।

यसबीच एक अमेरिकी अधिकारीले किम जोंग उनको ज्यान खतरामा रहेको बताएका छन् । सीएनएनका अनुसार किम जोंग उनको स्वास्थ्य स्थिति कयौं महिना देखि खराब थियो । डेली एनकेका अनुसार अप्रिल १२ मा किम मुटुको उपचारका लागि अस्पताल भर्ना भएका थिए। हाल किम हाल पूर्वीय तटमा रहेको ह्यासाङ स्थित माउन्ट कुमगाङ रिसोर्टमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन्

सिएनएनले आफ्नो समाचारमा मुटुको शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण रहेको जनाएको छ । उसले आफ्नो समाचारमा किमको स्वास्थ्य गम्भिर भएपनि त्यो कति गम्भिर छ भन्ने बारेमा केही जानकारी प्राप्त हुन नसकेको जनाएको छ। दक्षिण कोरियाको एकिकरण मन्त्रालयले भने यसमा कुनै टिप्पणी दिन अस्वीकार गरेको छ। रिपोर्ट अनुसार अप्रिल ११ मा किम सार्वजनिक रूपमा अन्तिम पटक देखा परेका थिए।

Related Articles

Back to top button
Close