समाचार

मोबाइल चार्जबाट झिक्दै हुनुहुन्छ हाेशियार ! गयाे २ जनाको ज्यान

काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा मोबाइल चार्जबाट झिक्दा र बत्ती निभाउँदा २ जनाले जीवन गुमाएका छन् । गाउँपालिकाको वडा नम्बर ३ स्थित बालुवाखर्कमा मोबाइल चार्जबाट झिक्दा र बत्ती निभाउँदा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

वडाअध्यक्ष अमित घलेले गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि त्यस्तो घटना भएको बताउनुभयो । ‘ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो’ उहाँले भन्नुभयो, ‘घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको हो ।’ घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट ४ घण्टाको दूरीमा दक्षिणमा पर्छ ।

वडाध्यक्ष घलेका अनुसार सामान्य घाइते भएका ४ महिला र २ पुरुषको भुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेको काठमाडौं ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

वडाध्यक्ष घलेका अनुसार सामान्य घाइते भएका ४ महिला र २ पुरुषको भुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । गम्भीर घाइतेको काठमाडौं ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

Related Articles

Back to top button
Close