समाचार

मौसम पूर्वानुमान महाशाखाले दियो आज ड रलाग्दो चे तावनी :

मौसम पूर्वानुमान महाशाखाले आज च´ट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । बुधबारको मौसम पूर्वानुमानको सूचना जारी गर्दै महाशाखाले अपरान्हपछि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

भने हालको देशको मौसम मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, च´ट्याङ्ग, असिना र हा´वाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू(भागका एक(दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्या´ङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

Related Articles

Back to top button
Close