समाचार

लकडाउनका कारण काठमाण्डौमा रोकिएका नुवाकोटबासीलाई जिल्ला ल्याइँने

नुवाकोट – देशको केन्द्रीय राजधानी काठमाण्डौमा लकडाउनका कारण फसेका मजदुर र नागरिकहरुलाई नुवाकोट ल्याउने तयारी भएको छ । बिभिन्न राजनैतीक दल सम्वद्ध ब्यक्ती र स्थानीय तहहरुले राजधानीस्थित घर र डेरामा बसिरहेकाहरूलाई आआफ्नो घर फर्काउन आवश्यक तयारी गरेको जनाएका हुन ।

प्रदेशसभा सदस्य एवम नेकपाका नेता हिरानाथ खतिवडाले तारकेश्वर, बिदुर, कीस्पाङ मेघाङ लगायत बिभिन्न स्थानिय तहका नागरिकलाई बस रिजर्भ गरी बालाजु, माछापोखरीबाट नुवाकोटस्थित आफ्नै घरमा पठाईन लागेको वताउनुभयो ।

यसबारे जानकारी दिँदै नेता खतिवडाले फेसवुकमा लेखेका छन्;

काठमाण्डौमा रहनुभयका कोरोनाको लकडाउनका कारण नुवाकोट आउननसक्नु भयका नुवाकोटबासी दाजुभाइ तथा दिदिबहिनीहरुले रामकृष्ण बानियालाइ सम्पर्क गरौं । घरआउने बाताबरण बन्नेछ ।

रामकृष्ण सम्पर्क नम्बर 9851029398
हिरानाथ खतिवडा
अध्यक्ष नेकपा नुवाकोट

यसैगरी अन्य राजनैतीक दल समर्थकले पनि अलपत्र र अन्योलमा रहेका यात्रु तथा मतदातालाई ल्याउने तयारी थालेको जनाएका छन ।

लकडाउनमा जो जहाँ छन्, तिनको खानपिनको व्यवस्था सरकारले गर्ने भनी प्रधानमन्त्रीलाई दिएको निर्देशन प्रम निकट दलकै नेताहरुले उल्लंघन गर्न लागेका जस्तो पाईएको छ ।

यधपी लामो समयदेखी जारी लकडाउनबाट प्रभावित ब्यक्तीहरु यो अवसरलाई सकारात्मक रुपमा ग्रहण गर्दै आवश्यक सोधपुछ गरिरहेको नेताहरुले जानकारी दिएको छन । nuwakot express news मा खबर छ ।

Related Articles

Back to top button
Close