अन्तर्राष्ट्रिय समाचार

कोरोनाबाट जापानी अभिनेत्रीको निधन

कोरोना भाइरसको कारण एक जापानी अभिनेत्रीको ज्यान गुमाएकी छिन् । कोरोना भारइसको संक्रमणबाट अभिनेत्री कुमिको ओकाएको ज्यान गएको हो ।

कोरोनाको सं क्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया कुमिको ओकाएको बिहीबार ज्यान गएको हो ।

कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् । ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृ त्यु भएको हो ।

बिहिबार बेलुकासम्म जापानमा ११ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये २ सय ९९ जनाको निधन भएको छ भने १ हजार ४ सय २४ जना निको भएर फर्केका छन् ।

अहिले जापानका विभिन्न अस्पतालहरुमा १० हजार २ सय २७ जनाले उपचार गराइरहेका छन् जसमध्ये २ सय २४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

Related Articles

Back to top button
Close