समाचार

रा´हतमा आएको तेल खाँदा आधा दर्जन बि´रामी

जनकपुर । महोत्तरीको गौशाला नगरपालिकामा स्थानीय सरकारले वितरण गरेको खाने तेलका कारण आधा दर्जन भन्दा बढी वि,रामी परेका छन् । रा,हतमा बाँडिएको खानेतेल तरकारीमा पकाएर खाएपछि आधा दर्जन व्यक्ति बिरामी परेका हुन् । खाने तेलबाट बनेको परिकार खाँदा ७ जनालाई पखा,ला लागेको स्थानीयवासीहरुले जानकारी दिएका छन् । खानेतेलबाट परिकार बनाएर खाँदा गौशाला नगरपालिका वडा नम्बर ४ बस्ने १२ वर्षीया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई प,खाला लागेको हो ।

राहतमा बाँडिएको खाने तेल खाँदा छोराछोरीहरुलाई पखाला लागेपछि आफुहरुलाई राहतभन्दा बढि आहात भएको स्थानीय उर्मिला सदाले बताइन् । राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै शुक्रबार दिउँसो स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन् । गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बिरामी भएकाहरुको उपचार र दोषीलाई कारवाही गर्ने जानकारी दिए ।

उनले यो विषयमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने समेत स्पष्ट पारे । राहत सामग्री खरिद एवं प्याकिंग गर्ने क्रममा सहभागीहरुसँग स्पष्टिकरण लिने वडाध्यक्ष रामबाबु साहले बताए । गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले पखाला लागेका बिरामीलाई तत्काल उप,चारको व्यवस्था गरेको छ । गौशाला नगरपालिकाको वडा नम्बर ४ मा राहतको नाममा ३ लाख ८४ हजार ४ सय रुपैयाँ उपलब्ध गराइएको र हालसम्म ६ सय ८० घरपरिवारलाई राहत वितरण गरिएको गौशाला नगरपालिकाको कार्यालयले जानकारी दियो ।

Related Articles

Back to top button
Close