समाचार

ने´कपामा भैँसेपाटी समूहको नि´ष्कर्ष : अ´ध्यादेश फि´र्ता भएपछि अब प्रधानमन्त्रीको रा´जीनामा !

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)भित्रको विवाद थप बल्झिएको छ । पार्टीसँग समन्वय नगरेर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यादेश जारी गरेपछि सुरु भएको वि´वाद अब प्रधानमन्त्रीको राजीनामातर्फ उन्मुख भएको छ ।

प्रधानमन्त्री ओलीले विवादीत अध्या´देश फिर्ता लिए पनि अब नेकपाका शीर्ष नेताहरुले उनले नै´तिकताका आधारमा राज´नीनामा दिनुपर्नेमा छलफल थालेका छन् । यसका लागि पहिले पार्टीको स्थायी समिति बैठक बोलाउने तयारी छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा देखिएको विवादका बारेमा छलफल गर्न आफूहरुले स्थायी समितिको बैठक बोलाउन अध्यक्षद्वयलाई आग्रह गरिसकेको बताएका छन् । उनले पार्टीमा पछिल्लो समय देखिएको समस्याका विषयमा सचिवालय र स्थायी समितिमा छलफल हुने जानकारी दिए ।

पार्टी ए´कताविरुद्ध अध्यक्ष ओलीबाटै विभिन्न क्रियाकलाप सञ्चालन भएको र पटक पटकका विवादले सरकारमात्र नभएर नेकपाप्रति आम नागरिकको विश्वास गुम्दै गएको निष्कर्ष निकालेर शीर्ष नेताहरुले अब प्रधानमन्त्री ओलीको राजी´नामाका विषयमा अनौपचारिक छलफल थालेको बताएका छन् ।

एक सचिवालय सदस्य भन्छन्, ‘भ्र´ष्टाचार लगायतका विभिन्न क्रियाकलापले सरकार बद्नाम भएको छ । पछिल्लो समय सांसद अपहरणसम्म आइपुग्दा प्रधानमन्त्री ज्यूलाई सरकारमा बस्ने नै´तिकता छैन । त्यसैले अब स्थायी समिति बैठकमा उहाँको राजीनामाको विषयमा छलफल हुन्छ ।’

भैँसेपाटीमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बिहीबार जुटेका ६ सचिवालय नेताहरुले अध्यादेश फिर्ताका लागि २४ घन्टे अल्टि´मेटम दिएका थिए । त्यसैको दबाबमा प्रधानमन्त्री ओलीले शुक्रबार विवादीत दुई अध्यादेश फिर्ता लिए ।

प्रचण्डसहित भैँसेपाटीमा जम्मा भएका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव विष्णु पौडेलले ओलीले अध्यादेश फि र्ता लिए पनि स्थायी समिति बैठक एक डेढ हप्ताभित्रै बोलाउने समझदारी गरेका थिए ।

अध्यादेश फिर्ता भएपछि पनि अहिले नेताहरुबीच अब प्रधानमन्त्रीको राजीनामाका विषयमा छलफल सुरु भएको छ । अर्का सचिवालय सदस्य भन्छन्, ‘व्यक्तिगत इच्छा आकांक्षा पूरा गर्ने सोच राख्नु गल त हो । पार्टीमा सामूहिकता हुनुपर्छ । अहिलेसम्म सुधार नभए पछि अब राजीनामाका विषयमा अनौपचारिक छलफल सुरु भएको छ ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटवार्ता पछि शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा स्थायी समिति बैठक बोलाउने विषयमा कुराकानी भएको थियो ।

Source : nagarikkhabar.com

Related Articles

Back to top button
Close