समाचार

आफ्नो खानाको गाँस काटेर बेसाहारालाई खोजी खोजी खाना खुवाउँदै प्रहरी

झापा, कोरोनाको महामारीले सबै समस्यामा रहेको बेला झापा काँकरभिट्टाको प्रहरी साच्चिकै ‘प्रहरी मेरो साथी’ बनेको छ ।सिमामा सिमित जनशक्तिको उचित व्यवस्थापन गर्न हम्मेहम्मे छ । भारतको पश्चिम बङ्गालमा कोरोनाको प्रभाव एकदमै बढिरहेको बेलामा सिमा सुरक्षामा उच्च सतर्कता अपनाउन प्रहरी संख्या एकदमै न्युन भएको तितो यथार्थ छदैछ, उपलब्ध स्रोतमा प्रभावकारी कार्य गर्न बुद्धिमानी हो र सोही चुस्त व्यवस्थापनमा सक्रिय प्रहरीले सिमा भित्रका अनेकन समस्याहरुमा पनि कडा निगरानी राख्नुपर्ने हुन्छ ।

प्रहरीले शान्ति सुरक्षामा सक्रियता देखाउन कर्तव्य हो तर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आफ्नो खानाको गाँस काटेर सडकमा रहेकाहरुको पेट भरिरहदाँ प्रहरी मेरो साथी हो भन्ने भान खाना खुवाईरहेको दृश्य हेर्दा हुन्छ ।इलाका प्रहरी कार्यलय काँकरभिट्टाले लकडाउन शुरु भएसँगै आफ्नो क्षेत्रभित्रका सडकमा बस्दै आएकाहरुलाई खाना खुवाउँदै आएको छ । काँकरभिट्टा, इटाभट्टा, आयाबारी लागयत इलाकाको सिमा क्षेत्रभित्र बस्ने बेसाहारा हरुलाई प्रहरीले दैनिक विहान र बेलुका मोबाईल गाडी प्रयोग गरी खाना खुवाउने र सुरक्षित बस्ने प्रबन्ध मिलाउँदै आएको छ।

प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलका अनुसार मानसिक बिरामी, बृद्धबृद्धा तथा अपाङ्गहरु सडकमै बस्दै आएको र हाल लक डाउनले तिनिहरुलाई समस्यामा परेको देखिएपछि प्रहरीले खानाको जोहो गर्न थालेको हो । ‘‘सडकमा मानिसहरु भोकले मर्ने अवस्था आएपछि हामीले यो कार्यको थानली गरेका हौँ”, डिएपी पोखरेलले भने –“खाना प्रहरीकै रासनबाट खुवाउँदै छौँ, आधा आधा खाएर भएपनि बचउनु त परिहाल्यो ।”पोखरेलका अनुसार नियमित १२ जनाले यसरी खाना खाईरहेका छन् भने दैनिक अरु पनि भटिने गरेका छन् ।

पोखरेल भन्छन– “प्रहरी मेसमा खाना पाकेछि पहिला तातो खाना ति बेसाहाराहरुलाई खुवाएपछि मात्र हामी खान्छौ ।”खाना खुवाउनेको अलावा प्रहरीले तिनिहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था पनि मिलाउने गरेको बताइएको छ। मानसिक विरामी समेत रहेको कारण एकै स्थानमा नरहने कारण उनिहरुलाई खोजि खोजी खाना खुवाउने डिएसपि पोखरेले बताए । खाना खुवाएको अनुभव सुनाउँदै प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले शुरु शुरुमा खाना लिएर जादा प्रहरी देखेपछि भाग्ने, डराउने गर्ने उनीहरु अहिले प्रहरीको खाडी आउँदा छेउमा आउने घुलमिल हुने गरेको बताए ।

पोखरेलका अनुसार हाल उनिहरुको खानाको लागी स्थानिय केहीले राहतको लागि चामल सब्जीहरु उपलब्ध गराउन थालेका छन् । लकडाउन खुलेपछी उनीहरुको व्यवस्थापन समेत गर्न पहल गरीरहेको बताईएको छ ।त्यस्तै लामो समय लकडाउन भएका कारण आफन्तकोमा बस्दै आएका र समस्यामा परेकाहरुलाई घर फर्काउन उचित व्यवस्थापन मिलाउने, आफ्नो ज्यानको परबाह नगरी नेपाल प्रवेश गर्न खोज्नेलाई क्वारेन्टिनमा राख्ने तथा समस्याहरु आए तत्काल त्यसको व्यवस्थापनमा प्रहरी लाग्ने लगायतको कार्यमा इलाका प्रहरी कार्यालय रहेको पाइएको छ ।

Related Articles

Back to top button
Close