समाचार

नदीमा हाम फालेकी महिलाको प्रहरीले गर्‍याे जिवितै उद्धार

दार्चुला । महाकाली नदीमा हाम फालेकी एक महिलाको प्रहरीले जिविनै उद्धार गरेको छ । व्यास गाउँपालिका–१ की एक ३० वर्षीया महिलाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो ।

नदिमा बग्दै गरेकी उनलाई प्रहरीले महाकाली नगरपालिका –५ बाट उद्धार गरेको बताइएको छ । उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ती महिलाले आइतबार बिहान नदीमा हाम फालेकी थिइन् । उनले किन नदीमा हाम फालिन भन्ने बारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ती महिलाले आइतबार बिहान नदीमा हाम फालेकी थिइन् । उनले किन नदीमा हाम फालिन भन्ने बारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close