समाचार

मधेसी नेताको अप`हरण को उ`जुरी लिन मानेन प्र`हरीले : बाबुरामको आ´क्रोशित फेसबुक स्टा´टस

काठमाडौं : नवगठित जनता समाजवादी पार्टीका नेताहरुलाई काठमाडौं प्रहरीले फर्काइदिएको छ। आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई ‘अ’पहरण’ गर्नेवि’रुद्ध उ’जुरी गर्न भन्दै पुगेका उनीहरुलाई प्रहरीले फर्काइदिएको हो। महानगरीय प्रहरी परिसर टेकु पुगेका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितलाई प्रहरीले उ’जुरी नै नलिइ फर्काइदिएको हो। जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अ’पहरण’ वि’रुद्ध कि’टानी जा’हेरी दिने तयारी थियो।

तर काठमाडौं प्रहरीले आफ्नो क्षेत्’राधिकार बाहिरको भन्दै उनीहरु सबैलाई फर्काइदिएको हो। नेता डा. भट्टराईका सहयोगी विश्‍वदीप पाण्डेले परिसरका एसपी र डीएसपीले जा’हेरी दिने ठाउँ अन्तै भएको भन्दै फर्काइदिएको बताए। ‘जा’हेरी दिने ठाउँ यहाँ होइन, महोत्तरी जाऊ भनिरहेका छन्’, उनले भनेका छन्, ‘जबकि कानुनले नजिकको प्रहरी र य’थाशीघ्र समयमा जा’हेरी गर्ने भनेको छ।’ जनता समा जवादीका नेताहरु टेकु परिसरमा पुग्दा त्यहाँको प्रमुख एसएसपी श्याम ज्ञवाली थिएनन्। ‘अहिले जा’हेरी लिन नमानेको अवस्था छ। का’नुनभन्दा माथि ओली सरकार?’, पाण्डेले भनेका छन्।

आइतबार सांसद् अपहरण प्रकरणमा संलग्नमाथि कारबाही माग गर्दै किटानी जाहेरी गर्न पुगेका डा भट्टराईसहितको टोलीले दर्ता गराउन लागेको किटानी जाहेरी दर्ता नगरेपछि भट्टराई आ क्रोशित भएका छन । उनले भनेका छन् – यत्रो देशविदेश त रंगित गराइरहेको सांसद अप हरणसम्बन्धी मु द्दा पी डित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्का र गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?

Related Articles

Back to top button
Close