समाचार

पूर्व आइजिपीलाई अपहरणकारी लेख्ने नेविसंघकी नेतृ पक्राउ

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरणकारी लेख्ने नेपाल विद्यार्थी संघकी नेतृ पक्राउ परेकी छन् । पूर्व आइजिपी खनाललाई अपहरणकारी लेख्दा नेविसंघकी प्रदेश २ की निवर्तमान छात्रा संयोजक रीता रिजाल पक्राउ परेकी हुन् ।

नेविसंघ नेतृ रिजाललाई प्रहरीले मंगलबार बारा सिमराबाट पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले उनलाई ‘साइवर क्राइम’ मुद्दा लगाउने तयारी गरेको छ । नेविसंघका कार्यकर्ता र केही समर्थकहरुले उनलाई अविलम्ब रिहा गर्न माग गरेका छन् । फेसबुकमा लेखेकै आधारमा पक्राउ गर्न नमिल्ने भन्दै तुरुन्त रिहा गर्नुपर्ने उनीहरुको माग छ ।

पसल खोल्ने समय तोकियो, यस्तो छ नियम

काठमाडौं । लकडाउनको बेला बासिन्दालाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सरकारले पसल खोल्ने समय तोकेको छ । चामल, दाल, तेल, दुध, पानी र तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक पसल खोल्न पाइने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिनमा ६ घण्टा पसल खोल्न पाइने जनता समाचारलाई बताउनुभएको छ । मन्त्री भट्टले लकडाउनको बेला पनि दैनिक उपभोग्य वस्तु बेच्ने किराना तथा तरकारी पसल र डेरी बिहान ७ देखि ९ बजे र दिउँसो ३ देखि साँझ ७ बजेसम्म खोल्न पाइने जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close