समाचार

जलाउन लागेको मुर्दा उठ्यो, भुत भन्दै भागे मलामी

काठमाडौं । भारतको ओडिसा भन्ने ठाउँमा जलाउन लागेको मुर्दा उठेपछि मलामि गएकाहरू अचम्मित बनेका छन् ।

सीमान्चक मलिक नाम गरेका व्यक्ति मरेको भनेर अन्तिम संस्कारका लागि घाट पुर्याइएको थियो । तर अन्तिम संस्कार गर्दै गर्दा मलिक उठेपछि मलामी गएकाहरु भुत भनेर तर्सिका हुन् ।

मलामीमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर मृत भनिएका मलिकको उपचार गराइयो । हाल उनको अवस्था सामान्य छ । यो घटना हाल भारतमा निकै चर्चामा रहेको छ ।

मलामीमध्ये कसैले चिकित्सकलाई खबर गरी अस्पताल पुर्याएर मृत भनिएका मलिकको उपचार गराइयो । हाल उनको अवस्था सामान्य छ । यो घटना हाल भारतमा निकै चर्चामा रहेको छ ।

शनिबार बाख्रा चराउन जंगल गएका मलिक आइतबारसम्म घर नफर्किएपछि खोज्न गएका आफन्तले उनलाई बेहोस अवस्थामा भेटेका थिए । उनीहरुले मलिक मरेको सम्झिएर अन्तिम संस्कारका लागि घाट पुर्याएका थिए । तर उनी मृत नभएर ज्वरोका कारण बेहोस मात्र भएको चिकित्सकले बताएका छन् ।

Related Articles

Back to top button
Close