समाचार

विदेश जान्छु भनेकी छोरीको एक्कासी मानसिक सन्तुलन गुमेपछि परिवार र आफन्तले छोडे तर आमाले छोडिनन् (भिडियोसहित)

काठमाडौं । काठमाडौंको किर्तिपुरमा बस्ने काभ्रेकी यि महिला, हेर्दा सामान्य लाग्छिन् तर उनले जिवनमा भोगेको अनुभव भने निकै पीडादायी छ । उनी आफ्नो छोरी लिएर किर्तिपुरमा एउटा कोठा लिएर बसेकी छन् । अरु छोरा परिवार समेत भएकी यि महिला अहिले छोरीलाई मात्र लिएर किर्तिपुर आएकी हुन् । आफुले जन्माएको छोरीको मानसिक सन्तुलन गुमेपछि परिवारका सदस्यले उनलाई हेला गर्न थाले । छोरीलाई गरेको हेला देख्न नसकेका कारण उनले छोरीकै लागि सबै परिवार त्यागिन् ।

परिवार र घर छोडर किर्तिपुर आएकी यि महिलालाई अहिले छोरीको उपचार गर्न र आफ्नो दैनिकी चलाउन निकै अप्ठेरो परेको छ । छोरीको मानसिक अवस्था विग्रिएका कारण उनले काम गर्न जाँदा छोरीलाई कोठामा थुनेर जाने गरेकी छन् । त्यसैवाट कमाएको पैसाले छोरीको उपचार गर्ने र आमाछोरीको पेट पाल्ने गरेकी छन् । अहिले लकडाउन भएका कारण अहिले काममा जान नपाएका कारण उनीहरुको झन बेहाल भएको थियो । भिडियो बनाउन गएका युट्युवरका कारण उनीहरुले केही सहयोग पनि पाए पछि दुई छाक टारेका छन् ।

मानसिक सन्तुलन ठिक नभएका कारण छोरी पनि जिद्धि छन् । दुध बिनाको चिया नखाने, खानेकुरामा पनि अलि छान्न गरेका कारण उनलाई छोरीको चित्त बुझाउन पनि गाह्रो भएको छ । आफन्त र परिवार छोडेर छोरी लिएर आएकी यि आमालाई भिडियोमा यो कुरा बाहिर आएपछि परिवारका सदस्यले परिवारको बेइज्जत किन गरेको भनेर भनेको बताइन् । माइती र घर परिवारका सदस्यले किन यस्तो भनेको भनेर गाली गरेको उनले बताइन् । सबै जना म संग रिसाएका छन्, उनले भनिन्, घरको बारेमा किन बेइज्जत गरेको भनेर भनेका छन् । उनले आफ्नो छोरा र परिवारका सदस्यले परिवारको कुरा नगरेको भए हुन्थ्यो भनेको बताइन् ।

दुई छोरा पछि जुम्ल्याहा छोरी जन्मिए, जसको नाम गंगा र जमुना राखिन् । जुम्ल्याहा छोरी मध्य एउटा छोरीमा मानसिक अवस्था कमजोर भयो । त्यसपछि सुरु भयो परिवारवाट अपहेलना गर्ने शिलसिला । अलि अलि कुरा गर्ने र बुझ्ने भएपनि बाहिरी संसारसंग भने उनि साक्षातकार हुन सक्दिनन् । सानो कुरामा डराउँछिन् । अहिले ५ वर्ष देखि उनी मानसिक रोगी रहेकी छोरीको उपचारमा बसेकी उनले दैनिक ज्यालादारी गरेर पेट पाल्दै आएकी थिइन् ।

Related Articles

Back to top button
Close